विभिन्न रोगका कारण चौपायाको मृत्यु हुने क्रम बढ्यो

पुष १८, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ३ गैडाटारमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण एक दर्जन चौपाया मरेका छन् । पशुपालनको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको गैंडाटार क्षेत्रमा देखापरेको रोगका कारण चौपाया धमाधम मरिरहेको बताइएको छ ।

स्थानीय बासिन्दाका अनुसार अज्ञात रोगका कारण गैंडाटारका सोमबहादुर आले, दीपक गौतम, भानुभक्त गौतम, भोजराज चौहानलगायतले पालेको गोरु तथा गाईसमेत गरी एक दर्जन चौपाया पाँच दिनको अवधिमा मरिसकेको स्थानीय कृषकले बताएका छन् । अज्ञात रोगका कारण चौपाया मर्न थालेपछि पशुपालक कृषक चिन्तित बनेका छन् ।