सभाध्यक्षले बोलाएको बैठकमा प्राण त्याग्ने उदघोष

पुष १७, काठमाडौँ- तोकिएको मिति माघ ८ मा संविधान जारी गर्ने विकल्प खोज्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको बैठकमा शीर्षनेताहरु विच दोहोरो घोचपेच चलेको छ । सभाध्यक्ष नेम्वाङले बैठकको सुरुमा नै चार दिनभित्र सहमति गर्न वा संविधानको मस्यौदा बनाउन आफूलाई अधिकार दिन माग गर्नु भएको छ । विगतमा संविधानमा व्यवस्था नै नभएको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दलहरु अहिले सहमति नगरेकोमा उहाँले आक्रोश पोख्नु भएको थियो । दलका नेताहरुले सहमति गर्न नसकेको होइन नगरेको हो भन्दै नेम्वाङले देशलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेका छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङको प्रस्तावमाथि धारणा राख्दै कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री सुशील कोइरालाले सबैले अन्य कार्यक्रम स्थगित गरेर छलफलमा जुट्न प्रस्ताव गर्नु भएको छ । उहाँले सहमतिका लागि ‘गिभ एण्ड टेक’ गरेर जान सकिने बताउनु भएको छ । एमाले अध्यक्ष केपी ओलीले देशको हितका लागि प्राण त्याग्न तयार रहेको भदै गोलघर जेलमा बस्दा पनि देशका लागि बलिदान गर्न तयार भएको स्मरण गर्नु भएको थियो । उहाँले –‘प्रधानमन्त्रीले गिभ एण्ड टेक गरौं भन्नुभो, त्योभन्दा अगाडि बढेर देशको हितका लागि ‘सबै त्याग्न तयार छु ।’ उहाँले दलहरुबीच सहमति भएन भने बहुमतीय पक्रियामा गएर भएपनि माघ ८ मा संविधान दिनुपर्ने बताउनु भएको छ । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले देशका लागि त्याग गर्न बैठकमा भएका सबै तयार रहेको बताउँदै ‘हामी पनि देशका लागि लडेरै आएका हौं’ उहाँले राष्ट्रिय हितको कुरा गर्नुभो । हामीले देशहित, जनता र राष्ट्रिय स्वार्थको पक्षमा सम्झौता गर्न तयार छौं ।’ भन्नु भएको छ । तर, देश र जनताको पक्षमा भनेको के हो ? भनेर व्याख्या गर्नु पर्ने भन्दै उहाँले –‘भाषण मात्र आदर्शको कुरा गर्ने र प्रतिगमनको पक्षमा संविधान बनाउने हो भने सम्झौता हुन सक्दैन ।’ दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै उनले सभाध्यक्षलाई अधिकार दिन नसकिन पनि बताउनु भएको छ । ‘हामी उहाँ जस्तो स्वच्छ, त्यागी मान्छेलाई मात्र कालकूट विषपान गर्न दिँदैनौं’ दाहालले भन्नु भयो–‘त्यसलाई बाँडौं, हामी सबै दोष र जसको भागेदारी हुनुपर्छ ।’
बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आदिवासी जनजाति, उत्पीडित पक्षमा उभिँदा शीर्ष भनिएका नेताहरुले नै जातिवादी, अराष्ट्रिय भनेकोमा आपत्ति जनाउनु भएो छ । उहाँले चुनौती दिँदै भन्नु भयो राष्ट«ियताको पक्षमा को कति छ भन्ने इतिहासले देखाउने बताउनु भयो ।
बैठक अहिले पनि जारी रहेको छ ।