माघ ८ मा संविधान आउँदैन – अर्थमन्त्री

पुष १५,विराटनगर- अर्थमन्त्री डा. रामशरण महतले आगामी माघ ८ मा संविधान जारी गर्ने समयसीमा टरेर गएको बताएका छन् । विराटनगरमा मंगलबार सन्चारकर्मीसँग अर्थमन्त्री मन्त्री महतले प्रक्रिया छोटाएरै पनि तोकिएकै समयमा संविधान जारी गर्न नसकिने प्रष्ट्याएका हुन् ।

संविधान बनाउने कुरा गम्भीर भएको र अहिलेसम्म मूलभूत विषयमै सहमति हुन नसकेकाले माघ ८ मा संविधान नआउने महतले बताए ।

‘प्रक्रियाबाटै संविधान बनाउने, दलहरुबीच सहमति गर्ने वा सहमति नभएका विषयलाई थाती राख्ने भन्ने कुनै विषयमा सहमति नभएकाले माघ ८ गते कसरी संविधान आउन सक्छ रु’ अर्थमन्त्री महतको प्रतिप्रश्न थियो ।