सार्वजनीक सवारीको भाडादर एक रुपयाँले घट्यो

पुष १४, काठमाडौ- सरकारले काठमाण्डौ उपत्यका तथा स्थानिय लोकल क्षेत्रमा सार्वजनीक सवारी भाडादर एक रुपयाँले घटाएको छ । घटाएको भाडा दर आजबाट लागुहुने यातायात व्यवस्था विभागले जनाएको छ । नयाँ भाडा दर अनुसार उपत्यकामा १५ रुपयाँ लिने सवारी साधनले यात्रुहरुबाट आज देखि १ रुपयाँ कम भाडा लिने भएका छन् ।

पेट्रोलीयम पदार्थको भाउँ घटेपछि यहि ७ गते यातायात व्यवस्था विभागले एक प्रतिशत भाडा घटाउँने सहमती गरेको थियो । उक्त सहमती उत्यका लगायतका लोकल स्थानमा पहिलेको तुलनामा खासै फरक नभए पछि विरोध हुदै आएको थियो । विरोध हुन थाले पछि विभागले उत्यका लगायतका स्थानमा पुनं १ रुपयाँ भाडा दर समायोजन गर्न सहमती जनाएको हो ।