म्याग्दीका विद्यालयलाई साढे ३ लाखको पुस्तक सहयोग

पुस १३,  म्याग्दी-म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालित चार वटा विद्यालयलाई करिब साढे ३ लाख रुपैया मूल्य बराबरको पुस्तक सहयोग प्राप्त भएको छ । असल छिमेकी नेपालद्धारा सञ्चालित म्याग्दी सामुदायीक विकास परियोजनाले विद्यालयमा पुस्तकालय सञ्चालनका लागि विभिन्न विधाका पुस्तक सहयोग गरेको हो ।

मराङको जनविकास निमावी आरबाङ, लुलाङ निमावी, चन्द्रज्योती मावि र लमसुङ माविलाई शुक्रबार बेनीमा ३ लाख ३९ हजार ९१० रुपैया मूल्य बराबरका ३ हजार १९४ थान पुस्तक हस्तान्तरण गरिएको परियोजनाले जनाएको छ ।

पढाईप्रति विद्यार्थीको रुची बढाउने, शिक्षण क्रियाकलापमा सघाउ पु¥याई शैक्षिक गुणस्तर वृद्धी गर्ने उद्देश्यले पुस्तकालय सञ्चालनका लागि पुस्तक सहयोग गरिएको परियोजनाका संयोजक जगदिश लोहारले जानकारी दिए ।

सम्बन्धित विद्यालयका प्रअ तथा शिक्षकहरुलाई साहित्य, ज्ञानविज्ञान, बालसाहित्य, ईतिहाँस, कबिता, गित, धार्मीक लगायत बिधाका पुस्तकहरु उपलब्ध गराइएको हो । संयोजक लोहारका अनुसार गत वर्ष परियोजनाको सहयोगमा गुर्जाको जनकल्याण माविमा पुस्तकालय स्थापना भएको थियो ।

गत वर्ष जनकल्याण मावि सहित पाँच वटा विद्यालयलाई तिन लाख ३५ हजार ९५० रुपैया रुपैया मूल्य बराबरको सामाग्री सहयोग गरिएको थियो । परियोजनाका कृष्ण रावतले सञ्चालन गरेको पुस्तक हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले गुणस्तरीय शिक्षा र विद्यार्थीमा सिकाई उपलब्धी बढाउन पुस्तकालयले मद्दत पुग्ने बिचार व्यक्त गरेका थिए ।