एयर एसियाको विमान १६२ यात्रु सहित बेपक्ता

पुस १३,काठमाडौं-इन्डोनेसियाको सुरावायाबाट सिंगापुरको लागि उडेको एयर एसियाको क्युजेड ८५०१ विमान सम्पर्क बिहिन भएको छ । बिमान स्थानीय समय अनुसार ६ः१५ बजे सम्पर्क विहीन बनेको बिबिसीले जनाएको छ । इन्डोनेसियन समाचार संस्थाका अनुसार १६२ जना यात्रु रहेको जहाँज स्थानीय समय अनुसार बिहान ६ः १५ मिनेटदेखि सम्पर्क बिहीन भएको हो।

ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो।  यसैबीच एयर एसियाले जनाएअनुसार ७ बजेर २४ मिनेटदेखि जहाज सम्पर्क विहिन भएको हो। एयर एसियाले बिमान सम्पर्क विहीन भएको पुष्टि गरेको छ ।  घटनाबारे विस्तृत जानकारी आइसकेको छैन।