सडक दुर्घटनामा दुईजनाको मृत्यु

पुष १०, वीरगन्ज-वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत  बाराको पथलैया नजिक गढीमाई नगरपालिकामा सवारी साधन दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ ।  दुर्घटनामा  वीरगन्ज उपमहानगरपालिकाका २५ वर्षका रवीन्द्र गुप्ता र २७ वर्षका सन्तोष यादवको ज्यान गएको हो ।  गढीमाई नगरपालिकामा पर्ने १६ किलोमिटरको जङ्गलमा बसले मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  पथलैयाबाट निजगढ जाँदै गरेको ना१२प २१५० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३१० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय निजगढमा राखिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । र