स्नातकोत्तर द्धितिय बर्षको परीक्षा माघ २५ देखि हुने

पुष १०, काठमाडौँ -स्नातकोत्तरको  दोस्रो वर्षको परीक्षा माघ २५ गतेदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले शुक्रबार गोरखापत्रमा सुचना प्रकाशित गरी आगामी माघ २५ देखि परीक्षा हुने जनाएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले वाषिर्क परीक्षा प्रणाली अनुरुप २०७१ सालमा सञ्चालन हुने २०७० सालको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन दुई वर्षे तर्फ परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुने त्रिविले जनाएको छ ।