छाला वस्तु तथा जुत्ता प्रदर्शनी सुरु

पुस ९,काठमाडौं – काठमाडौं्रको भृकुटीमण्डपमा आज देखी छाला वस्तु तथा जुत्ता चप्पलको ११ औं औद्योगिक प्रदर्शनी सुरु भएको छ । छाला जुत्ता तथा वस्तु उत्पादक संघको आयोजनामा प्रदर्शनी सुरु भएको हो ।

सामुहिक व्यापार चिन्हको प्रयोग, स्वदेशी उत्पादनको पहिचान भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीको उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा १ सय ८० वटा स्टल राखिएको आयोजकले जानकारी दिएको छ ।ती मध्ये ५० वटा स्टलमा सर्ट पाइन्ट र सुटका कपडा राखिएका छन् ।

संघले प्रदर्शनीमा जुत्ता, चप्पल, सर्ट, पाइन्ट र सुट लगायतका सबै वस्तुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिएको छ । एक लाख ५० हजार भन्दा बढीले प्रदर्शनीको अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपालमा हाल छाला जुत्ता तथा वस्तुको उत्पादनमा १ हजार भन्दा बढी उद्योग संचालनमा छन् । उद्योग खुल्ने क्रम बढे पनि नेपाली उत्पादनले ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न नसकेका व्यवसायीहरुको भनाई रहेको छ