मृगको छाला र चोरीको सामग्रीसहित २ जना पक्राउ

पुष ८, काठमाडौँ-प्रहरीले बिभिन्न ठाउँबाट चोरी गरेको आरोपमा दूधकुण्ड नगरपालिका ७ का १८ बर्षका सिताराम बस्नेत र १७ बर्षका टेकबहादुर बस्नेतलाई प्रकाउ गरेको छ । मंसिर ४ मा सूर्य पोल्ट्री फर्म सल्लेरीबाट चोरिएको विभिन्न मामग्री तथा ताल्चा फुटाउने सामग्री लगायतका समान सहित पक्राऊ गरि सिताराम बस्नेतको घर खानतलाशी गर्ने क्रममा २ थान मृगको छाला समेत बरामद भएको छ ।

प्रहरीले हिजोै मुलुकी ऐन चोरिको महल अन्तर्गत जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा दर्ता गरि उनीहरुको बारेमा थप अनुसंधान गरिरहेको जनाएको छ । अभियुक्तहरुले तिगंला ६ का मदन राई, तिंगला ७ का ज्ञानबहादुर खड्का, कागेल ७ घरभई ससुराली तिगंला आएका अर्जुन बस्नेत र सल्लेरी बजारमा रहेको सूर्य पोल्ट्री फर्मका डिबि खालिगंको घर तथा पसलबाट नगद, सामान र खाद्यान्न गरि लगभग १२ लाख ९८ हजार २ सय ५० रुपैँया चोरी गरेको आरोप छ ।

यसैबीच १२ वर्षकै उमेरमा कर्तब्य ज्यान कसूर लागि फरार रहेका पेम्बा छेवागं शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सोलुखुम्बुबाट ३ महिना कैद सजाय सुनाएपछि फरार रहेका टाप्टीगं ७ का १७ बर्षीय पेम्बा छेवागं शेर्पालाई जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले हिजो सदरमुकाम सल्लेरीबाट पक्राउ गरेको थियो ।