मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, अनुसन्धान जारी

 पुस  ८, कैलाली- पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको रामशिरझाला–७ सिमतरीमा गएराति मोटरसाइकल  दुर्घटनामा परी एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । पहमानपुरबाट सुखडतर्फ गइरहेको से३प २७५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पहमानपुर–३ का ३३ वर्षीया नवराज जोशीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । अहिले शव सुखडस्थित घोडाघोडी अस्पतालमा रहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।