चिसोका कारण बिरामीको संख्यामा बृद्धि, बृद्धबृद्धा र बालवालीका मारमा

पुष ६, काठमाडौँ-एक साता अघि परेको बर्षा र हिमपातका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन प्रभावित बनेको छ । पश्चिमका पर्वत, पाल्पाा स्याङजा तनहुँ नवलपरासी र तराइका केही जिल्लामा चिसो बढेसँगै दैनिक जनजिवन प्रभावित बनेको चिकित्सकले जनाएका छन् ।

चिसोका कारण यसक्षेत्रका निजी क्लीनिक तथा अस्पतालहरुमा दम, रुघाखोकी तथा स्वासप्रस्वाशका विरामी बढेको अस्पतालहरुले जनाएका छन् । चिसोकै कारण यसभेगका ३ जनाले ज्यान गुमाएको रामपुर अस्पतालले जनाएको छ । ज्यान जानेहरु मध्ये चिसोमा रातभर कठाङग्रिएर ज्यान गएको बताइएको छ ।

ज्यान जानेमा रामपुर नगरपालिका विजयपुरका २७ वर्षिय जिता घर्ति, रामपुर फोक्सिङकोटका ६३ वर्षिय सुमित्रा वाग्ले र साँखर स्याङजाका ५५ वर्षिय दलबहादुर मल्ल रहेका छन् । चिसोका कारण हात खुट्टा सुन्निने, निमोनिया , दम , रुघाखोकी र स्वाशप्रश्वासका विरामीको चाप बढेको छ ।