पत्रकार महासंंघले आमसंचार प्रतिष्ठान संचालन गर्ने

पुस-४ काठमाडौं- नेपाल पत्रकार महासंघ र नेपाल सरकारको सहकार्यमा नेपाली पत्रकारहरूलाई प्राज्ञिक तहको व्यावसायिक प्रशिक्षणका निम्ति राष्ट्रिय आमसञ्चार प्रतिष्ठान स्थापना गरिने भएको छ । तत्कालका लागि महासंघको केन्द्रीय कार्यालय भवनमै प्रतिष्ठान स्थापना गरी संचालन गर्ने सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसहितका पदाधिकारीहरूबीच आज छलफल भएको छ । छलफलमा पछि आवासीय पूर्वाधारसहित विकास गर्नेगरी प्रक्रिया अघि बढाइने जनाइएको हो ।

सो अवसरमा मन्त्री रिजालले महासंघको वर्तमान नेतृत्वसँग भएको निरन्तर छलफल र महासंघको संस्थागत अवधारणालाई आत्मसात गर्दै प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठान सञ्चालनको लागि प्रस्तावित महासंघ भवनको माथिल्लो तलापनि हेनु भएको छ ।
सोही कार्यक्रममा महासंघका तर्फबाट अध्यक्ष विष्टले प्रस्तुत गर्नुभएको श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, बीमालगायत पत्रकारको सामाजिक सुरक्षा, मिडिया नीति, मिडिया उद्योगको विकास, सम्पादकीय स्वतन्त्रता, संविधान निर्माणलगायका विषयमा पनि छलफल भएको महासंघका सचिव प्रभात चलाउने द्धारा प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ ।