संविधानमा अधिकार लेखाउन जनजातिले मार्चपास गर्ने

पुस-४ काठमाडौं -संविधानमा आदिवासी जनजातिको अधिकार स्थापित गराउन दबाब दिनका लागि गठन गरिएको आदिवासी जनजाति राष्टिय आन्दोलन समितिले मार्चपास गर्ने भएको छ ।

आज मध्यान्ह माइतिघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म हुने मार्चपासको नेतृत्व आन्दोलन समितिका अध्यक्ष तथा नागरिक अगुवा पद्मरत्न तुलाधरले गर्नु भएको छ ।

मार्चपासमा संघीय समाजवादी, नेपाल पार्टी लगायतका दलका नेता तथा कार्यकर्ता सहभागी हुने संघीय समाजवादी पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।