सेक्सी देखिएकै कारणले जागिरबाट निकालिएपछि

काठमाडौँ-सेक्सी र राम्रो देखिनु पाप हो ? तपाइले पत्याउनुहुन्न होला राम्री र सेक्सी देखिएकैले  टर्की एयरलायन्सकी एक एयरहोस्टेज जागिरबाट निकालिएकी छिन् । एयरलायन्सका अध्यक्षका अनुसार विगत समयमा टर्की बढी कट्टरभएकोले उनलाई जागिरबाट निकाल्न दबाव थियो ।

३१ वर्षीया एयरहोस्टेज जुहाल सेंगुल मोडलका रुपमा पनि काम गर्दथिइन् । एक इटालियन म्यागजिनमा उनको तस्वीर प्रकाशित भएको थियो र भड्किलो पहिरनमा भिडियो पनि सार्वजनिक भएको थियो । तस्वीर र भिडियो हेरेपछि कम्पनीले उनलाई निकाल्ने निर्णय गरेको हो ।

युट्युबमा अपलोड गरिएको भिडियोमा जुहाल बिकिनीमा देखिएकी छन्। जुहाल भेगेन लाइफस्टाइलको क्याम्पेनर पनि हुन् । गत वर्ष टर्की एयरलाइन्सले एयरहोस्टेजको लिपस्टिक र कलरफुल मेकअप प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।