सोलुखुम्बुलाई केन्द्र बनाएर ५ रेक्टरको भुकम्प, काठमाडौँमा पनी धक्का महशुस

पुष ३, काठमाडौँ-बिहीबार राति ९ बजेर १५ मा आएको भुइचालोको केन्द्रबिन्दु सोलुखुम्बु  भएको खबर आएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जुन ५ रिक्टर स्केलको धक्का रहेको भुकम्प मापक केन्द्रको प्रारम्भिक तथ्यांकले देखाएको स्रोतले जनाएको छ । सोलुखुम्बुमा भुकम्प गएपछि सर्वसाधारण घर बाहिर निस्कीएका छन् भने हालसम्म भुकम्पले निम्त्याएको क्षतीको कुनै विबरण आइनसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरीका प्रारम्भीक अनुमान अनुसार चीनसँग सीमा रहेको खुमजुङ क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको पनि बताइएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएसँगै काठमाडौँका चोक र गल्लीहरुमा पनि  सर्वसाधारणको भिड लागेको छ । भूकम्पको थप जानकारी आउन बाँकी छ  भने हालसम्म् कुनै क्षतीको खबर आएको छैन ।