मृगौला पीडित लक्ष्मी पुडासैनी जीवन-मरणको दोषाधमा,आर्थिक सहयोगको अपिल

RJ बसुदा पुष २, काठमाडौँ- दुवै मृगौलामा खराबी देखिएपछि जीवन÷मरणको दोषाधमा रहनुभएका नुवाकोट जिलिङ गाँउ विकास समिति वडा नम्बर २ का लक्ष्मी पुडासैनीले उपचारमा आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।

दुवै मृगौलाले काम गर्न छाडेपछि गएको बैशाखदेखि निधान अस्पताल ललितपुरमा उपचार गराउदै आउनुभएका ४२ वर्षीया पुडासैनीले उपचारमा सहयोगको आग्रह गर्नुभएको हो । दुवै मृगौलाले काम गर्न छाडेपछि स्वास्थ्यमा देखिएको गम्भीर समस्याले पछिल्लो सात महिनादेखि ललितपुरको निधान अस्पतालमा उपचार गराउदै आउनुभएको पुडासैनीले आर्थिक सहयोगको आग्रह गर्नुभएको छ ।
मृगौला प्रयारोपणको लागि जतिसक्दो चाडो कम्तिमा सात लाख रुपैयाँ संकलन गर्न चिकित्सकहरुले बताएको उहाँको छोरा विकास पुडासैनीले बताउनुभएको छ । अस्पतालमा नै भर्ना भएर डाइलोसिस प्रक्रियाबाट उपचार जीवन बचाउदाँ घरबाट निकाल्न सकिने रकम खर्च भइसकेकाले मृगौला प्रयारोपण गरी ज्यान बचाउनको लागि सहयोग पु¥याउन लक्ष्मीको छोरा विकासले आग्रह गर्नुभएको छ ।
आफ्नो आमा लक्ष्मीको उपचारमा आर्थिक सहयोग पु¥याउन चाहनेले लक्ष्मी पुडासैनीको नाममा बाणिज्य बैंक कलंकी शाखामा रहेको खाता नम्बर १७५–००–१२५–४८–१० मा रकम जम्मा गरेर तथा मोबाइल नम्बर ९८४१–९७–१८–१७ मा सम्पर्क गर्न सकिने विकासले आग्रह गर्नुभएको छ ।
मृगौलामा देखिएको खराबीको समय लामो भइसकेकाले यथाशक्य उपचारमा ध्यान दिन डाइलोशिसमा संलग्न चिकित्सकहरुले सुझाव दिएका छन् । दुई वटा मृगौलामा खराबी देखिएपनि तत्काल एक वटा मृगौलाको प्रयारोपण गरी लक्ष्मीलाई बचाउन सकिने चिकित्सकहरुले बताएका छन् ।
यसैबीच, लक्ष्मीको उपचारमा सहायोग पु¥याउन उहाँको माइतीगाँउ मदानपुर गाविसको वडा नम्बर ४ मा सहयोग संकलन सुरु गरिएको छ । अहिलेसम्म १५ हजार रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको रञ्जित खनालले जानकारी दिनुभएको छ ।