संवाद तथा सहमति समितिको प्रतिवेदनमा आज पनि छलफल

पुस १,काठमाडौं- संविधान सभाको बैठकमा सम्वाद समितीको प्रतिवेदन माथि आज पनि छलफल जारीरहने भएको छ । बिहान ११ बजे बोलइएको बैठकमा समिति सभापति डा बाबुराम भट्टराईले पेस गर्नु भएको प्रतिबेदन संविधानसभा नियमावली, २०७० बमोजिम छलफल जारी रहने भएको हो ।

हिजोको छलफलमा सभासद हरुले आ—आफ्नो धारण व्यक्त गरेका थिए । आ— आफनो धारणा राख्दै कति पए सभासदहरुले समितिको प्रतिवेदन पुनः समितिमा नै फर्काएर सहमति जुटाउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी सङ्घीयताका कारण अघिल्लो संविधानसभा विघटन भएको भन्दै यसपटक पनि सोही विषयले संविधान लेखन प्रक्रियामा अवरोध पुराउँन नहुने पनि बताएका थिए ।

कति पए सभासदले भेन राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एकपटक पनि ठोस छलफल नभएको तर्क गर्दै गणितीय आधारमा आएको प्रस्ताव स्वीकार गर्न नसकिने बताए थिए ।