नेपाली टोली दक्षिण अफ्रिका जाने

काठमाडौं – नेपाली क्रिकेट टोली डिभिजन टुको तयारीका लागि १० दिनका लागी दक्षिण अफ्रिका जाने भएको छ । नेपाली टोली जनवरी ३ मा दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ । नामिबियामा हुने जनवरी १७ देखि २५ सम्म हुने डिभिजन टुका लागि क्यानले दिवाकर घलेलाई टिम व्यवस्थापक तोकेको छ। सहायक प्रशिक्षकमा विनोद दास, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्टलाई मनोनय गरिएको क्यानले जनाएको छ।

क्यान कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय टोलीका १८ सदस्यलाई ग्रेडिङको आधारमा आचारसंहिता लागू गरी एक वर्षको अनुबन्ध गर्ने निर्णयसमेत गरेको छ। एसियाली क्रिकेट परिषद्ले पारित गरेको एसिया कप ग्रान्टको बजेटलाई कोटेसनरटेन्डर आह्वान गरी यथाशीघ्र काम अघि बढाउनेसमेत क्यानले जनाएको छ। एसिया कप आयोजनाबाट नाफा भएको रकमबाट ग्रान्डअन्तर्गत नेपालले चार लाख ७५ हजार अमेरिकी डलर पाएको स्रोतले जनाएको छ।