विवादित विषयमा छलफल गर्न शीर्ष नेताहरु छलफलमा

मंसिर १८, काठमाडौं-दलहरु बिच बढेको दुरी घटाउन र संविधानका विवादित विषयमा छलफल जुटाउन दलहरुले आज पनि बिहानैदेखि छलफलमा जुटेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको नेतृत्वमा दलहरु छलफलमा जुटेका हुन् । चरणबद्ध रुपमा हुने भनिएको छलफलमा नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारबाट छलफल आरम्भ गर्दैछन् ।

उनीहरुले आजको छलफलमा राष्ट्रिय सरकार गठनलगायतको विषयमा छलफल हुने जनाएका छन् । सहमतिय सरकार गठन गरी संविधान निर्माणको प्रकृयामा अघि बढ्ने विषयमा दलहरुले छलफल गर्न लागेको जनाइएको छ । साथै तोकिएको समयमै संविधान ल्याउनका लागि अपनाउनुपर्ने उपायका बारेमा पनि छलफल हुने भएको छ ।