संबिधान निमार्णलाई गति दिन शीर्ष दल छलफलमा

मंसिर १७, काठकाडौँ- संवैधानका बिबादित बिषयमा मत बाझीइरहेका बेला शीर्ष तीन दलले छलफल थालेका छन् । शीर्ष ३ दलले लामो समयदेखि अबरुद्ध संबिधान निमार्णको कार्यलाई गति दिने विषयमा छलफल भैरहेको छ । राजनीतिक सम्बाद तथा सहमति समितिमा सक्तारुढ दलको सात प्रदेशको प्रस्ताब पेस भएपछि संबिधान निमार्णमा देखिएको अन्योल हटाउने पहलमा शिर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

सिहदरबारमा जारी छलफलमा प्रमुख तीन दलका शीर्ष नेता सहभागि छन् । प्रमुख दलहरुको छलफलपछि दिउसो २ बजे सम्बाद समितिको बैठक बोलाइएको सभापति बाबुराम भट्टराईले बताए ।  पछिल्ला दिनमा सत्तारुढ दलहरुले सरकार परिवर्तनका कुरा शुरु गरेपछि संबिधान निमार्णको काम ओझेलमा परेको छ ।