तत्काल राजनीतिक सहमतिको सम्भावना क्षीण – एमाओवादी

मंसिर १६, काठमाडौं-एमाओवादी संविधान निर्माणमा तत्काल राजनीतिक सहमतिको सम्भावना क्षीण हुदै गएको भन्दै पार्टीको आन्तरिक काममा लागेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ । उसले मंसिर २८ गतेदेखि केन्द्रीय समिति बैठक गरी संगठन बिस्तारको काममा केन्द्रित हुने जनाएको छ ।

महासचिब कृष्णबहादुर महराले कांग्रेस, एमालेको संविधानसभन्दा सरकारमा निर्माणमा लागेको आरोप लगाउँदै एमाओवादी पनि आन्तरिक काममा केन्द्रित भएको बताए । संविधान निर्माणमा कांग्रेस, एमालेको ध्यान छैन, सरकार बनाउने र टिकाउने अभियानमा छन्,उनले भने, त्यसकारण हामी पनि अब पार्टीको आन्तरिक काममा लाग्छौं । अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताको बैठकले मंसिर अन्तिम साता बैठक बोलाउने निर्णय गरेको थियो ।

संविधान निर्माणमा केन्द्रित हुने भन्दै एमाओवादीले आन्तरिक कार्यक्रम स्थगित गरेको थियो । त्यस्तै संविधान निर्माणका केन्द्रित हुने भन्दै एमाआवादीले अन्तरसंघर्ष पनि स्थगित गरेको थियो । संगठन बिस्तार र जनजागरण काममा लाग्ने तयारी हुदैछु उनले भने, सहमति पनि नहुने र आन्तरिक काम प्रभावित भएकाले केन्द्रीय समिति बैठक बोलाएका छौ । त्यसपछि कार्यक्रम बनाएर जान्छौ ।