चन्दले आज नयाँ पार्टी खोल्दै

मंसिर १५, काठमााडौँ-नेकपा–माओवादी छोडेको गएको नेत्र बिक्रम चन्द समुहले आज नयाँ पार्टी घोषणा गर्दैछ । माओवादीका तत्कालीन सचिव नेत्रविक्रम चन्दको संयोजकत्वमा नेकपा माओवादी नामक पार्टी घोषणा हुन लागेको हो । दिउँसो १ बजे आयोजना हुने  घोषणासभामा आपूmहरुको आगामी योजना र समसामयिक राजनीतिका सन्दर्भमा समेत धारणा सार्वजनिक गर्ने माओवादीले जनाएको छ । मंसिर ८ गते केन्द्रीय विस्तारित बैठकबाट वैद्य नेतृत्वको माओवादीबाट अलग भएको घोषणा गरेको चन्द पक्षले त्यसपछि चितवनमा गोप्य भेला गरेको थियो । भेलाले आगामी पुस दोस्रो सातामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।