मोदीको भाषणपछि ओली तनावमा

मंरिर १२, काठमाडौँ – मंगलबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको मन्तव्यपछि एमाले अध्यक्ष केपी ओली सबैभन्दा बढी तनावमा देखिएका छन् । मोदीको भाषणले प्रधानमन्त्री बन्ने आफ्नो योजनामा गम्भीर ठेस लागेको निष्कर्ष निकाल्दै ओलीले चिन्ता जनाएको सूत्रहरूले बताएका छन् । भारतको लगानीमा निर्मित राष्ट्रिय ट्रमा सेन्टरको मंगलबार हस्तान्तरणपछि उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सहमतिमा संविधान निर्माण गर्न नेपालका राजनीतिक दलहरूलाई सुझाव दिएका थिए । कांग्रेसस“ग मिलेर साझा प्रस्ताव बनाएका ओलीका लागि मोदीको यो भाषण निकै ठूलो चुनौती बनेर आएको राजनीतिक विश्लेषकहरू बताउ“छन् । आखिर मोदीको भाषण बालकोटका लागि चुनौती बन्यो त ? यसको रहस्य पनि गजब रहेछ ।

खासमा ओलीले ८ माघपछि आफू प्रधानमन्त्री बन्न चाहेका छन् । यसका लागि उनले प्रगतिशील संविधानको पक्षमा भन्दा पनि कांग्रेसस“ग सहकार्य गरेर जसरी पनि संविधान दिन चाहेका छन् । सूत्रहरूका भनाइमा ओलीले ८ माघमा संविधान जारी गरेर आफूलाई प्रधानमन्त्री बनाउने शर्तमा प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् । त्यसो त ओलीले एमाले महाधिवेशनमा झलनाथ खनाललाई राष्ट्रपति बनाउने आश्वासन दिएर खनाललाई माधव नेपालको कित्तामा जानबाट रोकेका थिए ।
माघमा कांग्रेस–एमालेले मिलेर संविधान आउँदा मात्र आफ्नो प्रधानमन्त्री बन्ने योजना पूरा हुने ओलीको बुझाइ थियो । यसै अनुसार सातबु“दे प्रस्ताव बनाएर जबर्जस्ती संवाद समितिमा पनि पठाइएको थियो ।

ओलीले सबैभन्दा चर्को कुरा गरेका थिए–सहमति नभए प्रक्रियाबाट संविधान बनाउने । तर, भारतीय चाहना सहमतिमै संविधान बनोस् भन्ने रहेपछि ओलीलाई भारतले भावी प्रधानमन्त्रीको रुपमा स्वीकार गरिनसकेको पुष्टि भएको स्रोतहरू बताउँछन् । बहुमतका आधारमा संविधान निर्माणले भविष्यमा समस्या आउने मोदीको भनाइले ओलीबाट देशको राजनीतिक निकास हुन नसक्ने संकेत आएको समेत बताइन्छ । बहुमतबाट संविधान बनाउन कांग्रेस–एमालेले कसरत गरेका बेला भारतीय संस्थापनपक्षको चासो व्यक्त हु“दा ओलीलाई संकट आएको छ । त्यसो त एमालेको माधव नेपाल समूह ओलीलाई सजिलै प्रधानमन्त्री बन्न नदिने दौडमा लागिसकेको थियो ।आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

 

तोकिएकै समयमै संविधान आउने सम्भावना कम रहेपछि अब प्रधानमन्त्री सुशीलका पनि दिनगन्ती शुरु भएको सूत्रहरू बताउ“छन् । तोकिएको समयसीमामा संविधान बन्न नदिएर प्रधानमन्त्री कोइरालालाई असफल पार्ने योजनामा कांग्रेसकै केही नेताहरू यसअघि नै लागेका थिए । स्रोतका अनुसार सार्कपछि देशको सत्तासमीकरणमाथि नया“ चलखेल शुरु हुनेछ । भारत–चीन लगायतका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू पनि प्रधानमन्त्री कोइरालाको नेतृत्वमा संविधान बन्न नसक्ने निष्कर्षमा पुगेका छन् । यसको प्रत्यक्ष असर भावी प्रधानमन्त्रीका लागि पार्टीका सबै बटमलाइन छाडेर कांग्रेसस“ग सहकार्य गरेका ओलीलाई पर्ने स्रोतहरू बताउँछन् । ओलीले सातबु“दे सहमति गर्दा समेत पार्टीका जिम्मेवार नेताहरूस“ग छलफल गराएका थिएनन् भने केन्द्रीय समिति बैठक स्थगित गरेर मुद्दालाई छलफल गराउन आवश्यक ठानेका थिएनन् ।