उच्च मा वि मा अनेरास्वियु

मंसिर १०,  पोखरा-त्रिविका क्याम्पसहरुमा मात्र सक्रिय रहँदै आएका विद्यार्थी संगठनहरु उच्च मावितिर पनि सक्रिय हुन थालेका छन् । त्यही मेसोमा  अनेरास्वियुले  संङगठन विस्तारलाई पोखरामा तिब्र बनाइएको छ ।  अनेरास्वियुले  कृष्टि गा वि स को सामुदायिक विद्यालय भविष्य निमार्ण उच्च मा वि मा इश्वर पौडेलको अध्यक्षतामा ६० सदस्य र सरोज थापाको अध्यक्षतामा ४० सदस्य कक्षा कमिटी गठन गरेको छ ।

संङगठन विस्तारको क्रममा अनेरास्वीयु क्याम्पस जिल्ला कमिटी उपाध्यक्ष अजुर्न अधिकारीले अब बन्ने संविधानमा विद्यार्थी को हक अधिकार सुनिश्चित हुनुपर्ने , विद्यार्थीलाई विना धितो ऋण उपलब्ध गराउनु पर्ने र शिक्षा मा देखीएको व्यापारिकरण अन्त्य गर्नुपर्ने लगायतका कुरामा जोड दिए । साथै अनेरास्वीयु क्षेत्र नं ३ का अध्यक्ष रोशन भट्टराई , सचिव महेन्द्र पौडेल , सहसचिव सुदर्शन अधिकारी र सचिवालय सदस्य ईश्वर सुनार लगायतले आफ्ना कुरा राखेका थिए ।