सहमति खोज्न संवाद समितीको बैठक बस्दै

मंसिर ७, काठमाडौँ-एक सातादेखि स्थगीत भएको डा बाबुराम भट्राई नेर्तत्वको राजनीतिक सम्बाद तथा सहमति समितिको बैठक आज बस्दै छ । केही बेरमा सुरु हुने बैठकमा अहिले सम्मेको कार्यप्रगति बिबरण संविधानसभामा पठाउने बिषयमा छलफल हुने समिती सदस्य चित्रबहादुर केसीले बताए ।  सत्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेले प्रस्तुत गरेको ७ प्रदेश सहितको प्रस्ताव संविधानसभामा लैजाने कि नलैजाने भन्ने बिबाद हुदा यस अघिको बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो । यसअघि हिजो प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बसेको शीर्ष  तिन दलका नेताको बैठकमा मतदान नगर्ने गरि सबै प्रस्ताव संविधानसभामा लैजाने सहमति भएपछि आज बैठक बस्न लगेको समतीका सचिव मुकुन्द शर्माले बताए ।