सार्क सदस्य बन्ने चीनको चाहना

काठमाडौं-सार्कमा प्रभावकारी भूमिका खोजिरहेको चीनले यसको स्थायी रणनीीतक साझेदार वा पूर्ण सदस्य बन्ने चाहना राखेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

सार्कका ५ राष्ट्रसँग सिमा जोडिएको र यसका सबै सदस्य मुलुकभित्र उत्तिकै गहिरो सम्बन्ध रहेकाले पनि चीन सार्किभित्र आउन चाहेको बेइजिङस्थित सरकारी थिंकट्याकसँग आबद्ध बिज्ञहरुले बताएका छन् । सार्कमा चीनको भूमिका आसियानमा चीनले पाएजस्तै हुनुपर्छ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्स अन्तर्गत दक्षिण र दक्षिण एसियाली तथा अफ्रिकी अध्यन संस्थानका निर्दैशन हु सिसेङ भने विशेषगरी चीनले सांघाइ कोअपरेसन अर्गनाइजेसनमा खेलेको भूमिकाजस्तै चाहेको हो ।

मध्यएसियाका ६ राष्ट्र चीन, रुस, किर्गिस्तान, काजकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान स्थायी सदस्य रहेको अर्गनाइजेसन सन २००१ मा सांघाइमा स्थापना भएको हो । चीनले १९९६ मा आसियानको सदस्यता पाएको हो । सन २००५ मा ढाकामा भएको १३ औं सार्क सम्मेलनले चीन र जापानलाई पर्यवेक्षक स्वीकृति प्रदान गरेको हो ।