चार अर्ब ४१ करोडमा बिक्यो सेतो फूलको पेन्ट

न्युयोर्क– ‘जिम्सन विड/ह्वाइट फ्लावर नम्बर वन’ नामक पेन्टिङ अमेरिकाको न्युयोर्कमा शुक्रबार चार करोड ४४ लाख डलर (चार अर्ब ४१ करोड)मा बिक्री भएको छ।उटा साधारण सेतो फूलको यो पेन्टिङ जर्जिया ओकिफले सन् १९३२ मा बनाएकी थिइन्। कुनै पनि महिलाले बनाएको पेन्टिङ यति महँगोमा बिकेको यो पहिलोपटक भएको समाचारसंस्था एपीले जनाएको छ। यो पेन्टिङले युआन मिसेलको एउटा बेनामे कृतिको १९ लाख डलरमा लिलामी भएको कीर्तिमान तोडेको छ।लिलामी आयोजना गर्ने संस्था सादबीका अनुसार दुई व्यक्तिबीच ओकिफको यो पेन्टिङ किन्न होड चलेको थियो। संस्थाले यो पेन्टिङ डेढ करोड डलरम्म बिक्ने अनुमान लगाएको थियो। ओकिफको मृत्यु ९८ वर्षको उमेरमा सन् १९८६ मा भएको थियो। उनी फूलहरूलाई ‘लार्ज फर्मेट’मा चित्रित गर्न माहिर मानिन्थिन्। यसअघि उनको पेन्टिङ सन् २००१ मा ६२ लाख डलरमा बिक्री भएको थियो।संसारको अहिलेसम्मको महँगो पेन्टिङ फ्रान्सिस बेकनो हो, जुन १४ करोड २४ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।