खलङ्गामा हमला अब एन्ड्रोइडमा

मंसिर ६, काठमाडौँ-बर्ष २०७० को मदन पुरस्कार विजेता कृति खलङ्गामा हमला एन्ड्रोइडमा उपलब्ध भएको  छ । अब उक्त कृति मोबाइल वा ट्याबमा पढ्न सकिने भएको छ।  काठमाडौं—मदन पुरस्कार विजेता पुस्तक खलङ्गामा हमाला पुस्तक अब मोबाइल वा ट्याबमा पढ्न सकिने भएको छ। नेपालको पहिलो इपुस्तक एप्लिकेशन वी रिडले राधा पौडेलको सो पुस्तक सहित नेपालयले प्रकाशन गरेका तीन पुस्तकहरुलाई एन्ड्रोइड भर्सनमा उपलब्ध गराएको हो। माओवादीले जुम्लाको खलङ्गामा आक्रमण गर्दाको अनुभव समेटिएको पुस्तकले यो वर्ष मदन पुरस्कार पाएको थियो। नेपालका एक मात्र फोर्ब्स प्रमाणित डलर अर्बपति विनोद चौधरी तथा पूर्व प्रधानसेनापति रुक्मांगत कटवालको आत्मकथा पनि वी रिड एपले उपलब्ध गराएको छ।  नेपालको पहिलो इपुस्तक एपले नेपालमा प्रकाशित पुस्तकहरूलाई विश्व बजारमा पुर्योउने प्रयास गरिरहेको एपका प्रवर्द्धक एवं कथालयका सिइओ राजीवधर जोशीले जनाए।