मोदीको भ्रमण स्थगित भएको बिरोधमा जनकपुर बन्द

मंसिर ५, काठमाडौँ- २२ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्थगित भएको बिरोधमा जनकपुर बन्द गराएको छ । सरकरले षड्यन्त्रपुर्वक मोदीको भ्रमण रद्ध गराएको भन्दै एकीकृत माओबादी नेतृत्वको २२ दलीय मोर्चाले जनकपुर बन्द आवहान गरेको माओवादीले आरोप लगाएकोब  छ । भ्रमणको उचित व्यबस्था मिलाउन नसक्ने सरकारको गतिबिधि बिरुद्ध बन्द आव्हान गरिएको एकीकृत माओबादी प्रवक्ता दिनानाथ शर्माले बताए । कारण त्यस क्षेत्रमा यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार तथा शिक्षण सस्था पनि बन्द छन् । सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।