गोप्य भेटमा ओलीसँग प्रचण्डले भने दुबै लचक हुनुपर्छ

मंसिर ५, काठमाडौ-राजनीतिक गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार गोप्य वार्ता भएको छ । लाजिम्पाटस्थित एक निजी घरमा दुई नेताबीच कुराकानी भएको स्रोतले जनायो । भेटमा ओलीले दलहरूबीच दूरी घटाई संविधान निर्माणका लागि सहमतिको वातावरण बनाउनुपर्ने बताएका थिए । दाहालले विगतका सहमतिका आधारमा दुवै पक्ष लचक भए मात्र सहमति बन्न सक्ने भन्दै त्यस्तो वातावरण बनाउन आग्रह गरेको स्रोतले जनायो । ओली उपत्यका बाहिरबाट फर्केपछि फेरि वार्ता गर्ने तय भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।