अज्ञात समुहद्धारा शिक्षकको हत्या

मंसिर २, काठमाडौँ-रौतहटमा अज्ञात समुहद्धारा धारिलो हतियार प्रहार गरी शिक्षकको हत्या गरिएको छ ।  गएराती भसेढवा वडा नम्बर ९ का २४ वर्षिय शिक्षक तपस्वीप्रसाद यादवको हत्या गरिएको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार घरमै बसिरहेका यादवलाई अज्ञात समुहले फोन गरी घर बाहिर बोलाई हत्या गरेको हो । हत्यामा संलग्न समुहले उनको हात टुक्रा टुक्रा पार्नुका साथै टाउको र जीउमा समेत अन्धधुन्द प्रहार गरेको छ । रिसिबीको कारण शिक्षक यादवको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्यामा संलग्न अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको  छ ।