लुम्बिनी घोषणापत्र जारी गदै बौद्ध सम्मेलन समापनको तयारी

मंसिर १, लुम्बिनी-शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आज पनि विभिन्न कार्यपत्रमाथि छलफल चलीरहेको छ । सम्मेलन अन्र्तगत कार्यपत्र माथिको छलफल आज सकिने छ भने औपचारीक समापन भोली हुने छ ।

यसअघि हिजो बौद्ध सम्पदा, संस्कृति र लुम्बिनीको वातावरण संरक्षणसम्बन्धी ६३ कार्यपत्रहरुमाथि छलफल भएको थियो । विभिन्न पाँच विषयगत समूहमा तीन खण्डमा भएको छलफलमा नेपाल, म्यानमार, श्रीलङ्का, भियतनाम, भारतलगायत विभिन्न देशका बौद्ध भिक्षु तथा बौद्ध विद्धानहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।

लुम्बिनीको वातावरणीय अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै पुरात्वविद् बसन्त बिँडारीले पूजाआजा गर्दा लुम्बिनी क्षेत्रका मुख्य पुरातात्विक वस्तुमा असर पुगेको बताएका थिए ।