आज तेस्रो राष्ट्रिय कर दिवस

मंसिर १, काठमाडौँ-आज तेस्रो राष्टिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसकै अवसरमा  सरकारी तथा गैरसरकारी क्षेत्रले विभिन्न कार्यक्रम गर्दैछन् । करदाता मैत्री कर प्रशासन, समृद्धि र सुशासन भन्ने नारासहित आज यो दिवस मनाउन लागिएको हो । सरकारले २०५४ साल मंसिर १ गते भ्याट लागु भएको दिनलाई स्मरण गर्दै मंसिर १ गते कर दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा आज राजधानीमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाको पनि सहभागिता हुने विभागले जनाएको छ ।