औपचारीक तथा अनौपचारीक छलफल मार्फत सहमति खोजीने

कात्तिक २८ काठमाडौँ-संबिधानसभा अन्र्तगतको  राजनीतिक संवाद तथा सहमति समितीले संविधान  निमार्णमा देखिएको गतिरोध अन्तको पहलमा आज पनि छलफल गर्दैछ । आज हुने भनीएको छलफल औपचारिक र अनौपचारिक दुवै हुने बताइएको  छ । समितिको बैठक अघि अहिले केहिबेरमा काँग्रेस र एकीकृत माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटार छलफल भैरहेको छ । छलफल संबिधान निमार्णमा देखिएको गतिरोध तोड्न दलहरुले अपाउने लचकताको विषयमा केन्द्रीत रहेको प्रमका प्रस सल्लाहाकार प्रकाश अधिकारीले जानकारी दिए । अनौपचारिक अन्र्तगतको अर्को छलफल एमाले र एकीकृत माओवादीबीच राज्यव्यवस्था समितिको बैठक कक्ष सिंहदरबारमा द्विपक्षीय छलफल हुदै छ । दुई दलबीचको छलफल पछि आजै दिउँसो १ बजे सम्बाद समितिको बैठक पनि बोलाइएको छ । यसअघि हिजो बसेको ती दलको बैठकले प्रस्ताबलाई अघि बढाउन सम्बाद समितिलाई पत्रमार्फत आग्रह गर्ने निर्णय गरेका थिए ।