रोहितले बनाए २ सय ६४ रनको कीर्तिमान

कात्तिक २७, काठमाडौँ-कोलकाता– भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय क्रिकेटमा २ सय ६४ रन बनाउँदै नयाँ कीर्तिमान कायम गरेका छन्। श्रीलंकाविरुद्ध कोलकातामा भइरहेको चौथो एकदिवसीय क्रिकेटमा इनिङ्स सुरु गर्न आएका शर्माले १७३ बल खेल्दै ९ छक्का र ३३ चौकाको मद्दतले २६४ रन बनाएका हुन्। एक दिवसीय क्रिकेटमा दुईपटक दोहोरो शतक बनाउने शर्मा पहिलो खेलाडी हुन्। उनले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध २ सय ९ रन बनाएका थिए। रोहित शर्माको यो प्रदर्शनको मद्दतले जारी खेलमा भारतले श्रीलंकालाई ४ सय ५ रनको चुनौती दिएको छ।