सङ्घीयता र शासकीय स्वरुपबारे छलफल

कात्तिक २५,  इनरुवा- सुनसरीको अमडुवा र पूर्व कुशहा गाविसमा नेपाली काँग्रेसले आफ्ना नेता कार्यकर्तासँग सङ्घीयता र शासकीय स्वरुपबारे छलफल गरेको छ । काँग्रेस पार्टी सङ्गठन विस्तार र पुनःगठनसँगै संविधानको विषयमा पनि छलफल गर्ने क्रममा दुई गाविसमा एकै दिन सङ्घीयता र शासकीय स्वरुप विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएको हो । पार्टीका जिल्ला सभापति राजीव कोइरालाको नेतृत्वमा दुवै गाविसमा कार्यक्रम सम्पन्न भएकोे पार्टीका सचिव केदार भण्डारीले जानकारी दिए ।