सरकारी स्कुलमा आक्रमण, ४७ विद्यार्थीको मृत्यु

कात्तिक २५-उत्तरपूर्वी नाजेरियाको एउटा सरकारी स्कुलमा सोमबार आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ४७ विद्यार्थीको ज्यान गएको छ । ७९ जनाभन्दा बढी घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
योबे प्रान्तको पोटिस्कम सहरस्थित कम्प्रिहेन्सिभ सिनियर साइन्स केकेन्ड्री स्कुलमा बिहानको प्रार्थनाको समयमा बम विष्पोट भएको हो । आक्रमण आतंकवादी समूह बोको हरामले गरेको भनिएको छ । तर,पूर्ण पुष्टि भएको छैन । उक्त विज्ञान तथा प्रविधि स्कुलमा छात्राहरु मात्र पढ्छन् । मृत्यु हुनेहरु १३ वर्षमाथिका छन् ।

‘स्कुलमा बिहानको प्रार्थना भइरहेको थियो ।विद्यार्थी भेसमा आएका आक्रमणकारीले आफूलाई पड्काए’ एक प्रत्यक्षदर्शीले भने । घाइतेमध्ये अधिकांश अंगभंग भएका छन् ।

त्यही सहरमा गत साता सिया मुस्लिम समूदायको ¥यालीमा आक्रमण हुँदा १५ जनाको ज्यान गएको थियो । पाँच वर्षदेखि इस्लामी राज्य स्थापना गर्ने उद्देश्यसाथ आतंकतमा उत्रिएको बोको हरामले विद्यार्थीहरुलाई लक्ष्य गर्दै आइरहेको छ ।