हिरोइनका ब्वाइफ्रेन्ड

कात्तिक २५, काठमाडौं-म कसैको प्रेममा छु भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुक मार्फत आफ्नो ब्वाइफेन्ड सार्वजनिक गरिन । नीता त फूलै फूलको मौसम तिमीलाइ फिल्ममा आफूसँगै काम गरिरहेका अभिनेता अमेश भण्डारीको प्रेममा रहिछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सगरमाथा आरोहण गरेरभन्दा प्रेमी सावैजनिक गरेर निशा अधिकारीले बढी चर्चा बटुलिन । केही समयअघि उनले पनि फेसबुकमार्फत आफू र क्रिकेटर सरद भेषवाकरसँग गहिरो प्रेममा रहेको जनाउ दिएकी हुन ।

पूर्वमिस नेपाल मलिनाजोशी र अभिनेता अनुपविक्रम शाहीको पनि अफेयरको चर्चा हुने गरेको छ ।

एकताका निकट साथी अभिनेता भुपेन चन्द र सौजन्या सुब्बाले घरजम नै जोडिसके । अभिनेता सबिन श्रेष्ठ र अभिनेत्रि नम्रता झाको लभ परेको धेरै भइसक्यो । पछिल्लो समय रेखा थापा सुर्दशन गौतमको प्रेममा रहेको बताउँदै आएकी छिन् । जिया केसी र भुवन केसीको सम्बन्धबारे सबैलाई थाहा नै छ ।