नेकपा माओवादीको पोलिटब्यूरो बैठक बस्दै

कात्तिक २४, काठमाडौं-नेपाल कम्यूनिष्ट पार्टी माओवादी पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । यो बैठक राजधानीको बुद्धनगरमा रहेको पार्टी कार्यालयमा अपरान्ह शुरु हुने बताइउको छ ।

उक्त बैठकमा पार्टीमा देखिएको अन्तरद्वन्द्ध लगायतका बिषयहरूमा छलफल हुने कुरा पार्टी स्रोतले जनाएको छ । पछिल्लो समय पार्टी भित्र नेता नेत्रविक्रम चन्द विप्लबले अध्यक्ष मोहन वैद्यको कार्यशैली तथा पार्टीको कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै आउनु भएको छ ।