यातायातमा सिण्डिकेटको विरोधमा स्थानीय

कात्तिक २४,काठमाडौ-सार्वजनिक यातायात समितिहरुले सिण्डिकेटको बलमा आफूअनुकूल सवारीसाधन चलाउने, बढी भाडा असुल्ने, यात्रुलाई दुब्र्यवहार गर्नेजस्ता मनोमानी गरिरहेको भन्दै गोरखाका स्थानीय आन्दोलनमा ओर्लिएका छन् । नागरिक दैनिकमा समाचार छ । सदरमुकाम भएर चल्ने लामोदुरीका सवारीसाधन यात्रुलाई जोखिम पार्दै असुरक्षित ढंगलमा सञ्चालित भइरहेको भन्दै स्थानीयले आइतवार सदरमुकाम एक घण्टा ठप्प पारे ।
लामो दुरीका सवारीले छोटो दुरीका यात्रुलाई दुब्र्यहार गर्ने र कहिलेकाहीा गन्तब्य नपुर्याइ झारिदिने गरेको उनीहरुको आरोप छ । समितिको मनोमानी तोड्न छोटो दुरीमा चल्ने नगरबस सञ्चालनको उनीहरुले माग गरेका छन् ।

यातायात सिण्डिकेटविरुद्ध सडक अवरुद्ध पारी प्रदर्शनमा ओर्लिएका स्थानीयलाई हटाउान प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर सदरमुकाम तनावग्रस्त बनेको थियो । प्रहरीले यातायात खुलाउन वार्ताका लागि बोलाउादा स्थानीयले सडकमै छलफल गर्नुपर्ने अडान राखेका थिए । यसले विरोध प्रदर्शन झडपमा बदलियो ।

प्रहरीको लाठीले लागेर केही स्थानीय घाइते भए । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।