भैंसीसँग विमान ठोकिएपछि, भैँसी ठहरै

कात्तिक २२, काठमाडौँ- कात्तिक  भारतको एक विमानस्थलमा जहाजसँग  भैंसी ठोक्किए पछि यो खबरले सबै छक्क परेका छन् । भारतको सुरत विमानस्थलमा  नयाँ दिल्लीका लागि उड्न लागेको स्पाईस जेटको बिमान धावन मार्गमा भैंसीसँग ठोक्किएको हो । विमान ठोक्किएपछि भैंसी धावनमार्गमा नै मरेको छ र विमानमा क्षति पुगेको छ ।

तर विमानमा रहेका १ सय ४६ जना यात्रु र चालक दलका सबै सदस्य सकुशल छन् । उनीहरु सबैलाई अर्को विमानबाट गन्तब्यमा पुर्‍याईएको छ । स्पाईस जेटले भैंसी पनि कालो भएको र धावनमार्ग पनि कालो भएकाले पाइलटले भैंसी देख्न नसक्दा घटना भएको जनाएको छ । स्पाईस जेटले सुरतको उडान  अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । स्पाईस जेटले केही विमानस्थलमा छाडा पशुका कारण खतरा पैदा भएको पनि बताएको छ ।