करोडका करोड कप्लक्क

कात्तिक १९,काठमाडौं– भ्रष्टाचारका कारण गत साल चीनमा सयौं मानिस फँसीको फन्दामा परे । नेपालमा चाहिँ करोडौं रुपैयाँ अनियमितता गरेको भ्रष्टाचारी एक अर्काको पोल खोल्ने क्रममा आफैं फँस्ने क्रम चलेको छ । कराडौं हिनामिना गरेको आरोपमा पर्यटन बोर्डका कार्यकारी निर्देशक सुवास निरौला निलम्बित भएपछि बोर्डकै करोडौं हिनामिना गरेका ट्रेकिङ एजेसिन्स एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाको पालो आएको छ ।

छानबिनका क्रममा रमेशको प्रत्यक्ष सहभागितामा पदयात्री व्यवस्था प्रणाली कोषमा रहेको १० करोड ६० लाख रुपैयाँ अनियमितता भएको पाइएको छ । रमेशले टानमा गरेका अनियमितताको खुलासा लेखा परिक्षण प्रतिवेदनबाट भएको हो ।

टान अध्यक्षले आर्थिक वर्ष ०६८÷६९ का लागि टिम्स कार्ड खरिद गर्न पर्यटन बोर्डसँग ३ करोड १४ लाख रुपैयाँ लिएका थिए । सो रकम जथाभावी खर्च गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी आर्थिक वर्ष ०७०/७१ को वैशाखसम्ममा टानले प्राप्त गरेको तीन करोड ६० लाखको खर्च पनि पारदर्शी नभएको पाइएको छ । लेखा परीक्षण प्रतिवेदनले रमेशको नेतृत्वमा भएको खर्चका बिलबिजक नरहेको र रकम दिइएका भनिएका व्यक्तिको नाम पनि उल्लेख गरिएको छैन् ।

 

बोर्ड र टानबीच टिम्स कोषको रकम खर्च गरिने शीर्षक र मापदण्ड ०६६ सालमा नै निर्धारण गरी सम्झौता भएको हो । यसरी भएको खर्च बोर्डले अनुमोदन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, धमलाले टिम्स कोषको रकम मनलाग्दो गरी खर्चिएका कारण बोर्डले अनुमोदन गरेको छैन् । आजको जनआस्था साप्ताहिक पत्रिकामा खबर छापिएको छ ।