मध्यावधि चुनावमा ओबामालाई झट्का

कात्तिक १९, न्युयोर्क— अमेरिकको मध्यावधि चुनावको सुरुवाती परिणाममा रिपब्लिकन पार्टी अगाडि देखिएको छ। सिनेटमा बहुमत पाउन रिपब्लिकन पार्टीलाई अब केवल ६ सिट भए पुग्छ। एपीका अनुसार पश्चिम भर्जिनियाबाट रिपब्लिकन उम्मेदवारले डेमोक्र्याट उम्मेदवारलाई पारजित गरेका छन्। सुरुवाती नतिजाअनुसार मिसिसिपी, अलाबामा, माइन, साउथ क्यारोलिना, ओक्लोहामा तथा टेनेमा रिपब्लिकन उम्मेदवारले विजय हाँसिल गरेका छन्। न्युजर्सी र मासाचुसेटमा डेमोक्र्याट्सले आफ्नो सिट सुरक्षित गरेका छन्।
माथिल्लो सदन सिनेटका लागि एक तिहाई सिट र तल्लो लदन हाउस अफ रिप्रिजिन्टेटिभका सबै ४३५ सिट तथा ३६ राज्यमा गभर्नरका लागि अमेरिकामा चुनाव भएको हो।

ओबामाको लोकप्रियता घट्यो

पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको लोकप्रियता घटेको छ। अमेरिकी अर्थतन्त्रमा सुधारका बाबजुद मध्यावधि चुनावमा डेमोक्रयाट्सको हार हुने विश्लेषकहरुले बताएका छन्।

रिपब्लिकन पार्टीका सिनेटर तथा २०१६ का लागि पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार रेन्ड पउलले ‘यो चुनाव राष्ट्रपतिका लागि जनमत संग्रह भएको बताएका छन्।’

रिपब्लिकनले जिते के हुन्छ?

तल्लो सदनमा रिपब्लिकन पहिलैदेखि बहुमतमा छन्। शक्तिशाली सदन सिनेटमा समेत बहुमत हासिल भए आगामी दुई वर्षसम्म बाराक ओबामा नीतिगत निर्णय बदल्न उनीहरुलाई सहज हुनेछ।