मुलुककै लामो महोत्सब मानिने कात्तिक नाच संकटमा

कात्तिक १८, ललितपुर – प्राचिन कालदेखि प्रत्येक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको कात्तिक नाच यही २० गते समापन हुने भएको  छ । कात्तिक नाचलाई  नेपालको सबैभन्दा लामो नाटक महोत्सबका रुपमा पनि चिनीले गरिन्छ । कात्तिक ९ गतेबाट सुरु भएको नाच २० गते विशेष नाच  वस्त्रहरण लीला नाच देखाएर समापन गर्ने तयारी गरिएको  छ ।

विसं १६९७ देखि राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषीको सल्लाहअनुसार देश र जनताको कल्याणका लागि कात्तिक महिना पारेर कात्तिक महिनाभरि यस नाचलाई देखाउन सुरु गरेका हुन् । सुरुका समयमा कात्तिक महिना पूरै यस नाचलाई देखाउने प्रचलन भएपनि अहिले त्यो परम्पराले केही दिन मात्रै निरन्तरता पाएको र विस्तारै सङकंटमा पर्दै जाने देखिएको  छ । 

  वभिन्न कारणले गर्दा विसं २००८ देखि २०३७ सम्म कात्तिक महिनाभरि यस नाचलाई दुई दिनमात्र सञ्चान गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।  चिचचत्रकारका अनुसार पहिलो दिन पूजाआजा गरी चलाख मानिसको नाच देखाइन्छ । त्यस्तै दोस्रो दिन बाथःप्याखं, तेस्रो दिन सती वनेगु,  नाच देखाउने परम्परा  छ  ।