मकवानपुरमा ट्रक दुर्घटना ७ को मृत्यु, ८ घाइते

कात्तिक  १८, हेटौंडा- मकवानपुरमा आज बिहान भएको एक ट्रक दुर्घटनामा ७ जनाको मृत्यु भएको  छ भने अन्य ८ जना  घाइते भएका छन् ।  जिल्लाको चुरियामाई गाविसमा  बिहान एउटा इँटा बोकेको ट्रक बाटोबाट खस्दा ट्रकमा सवार ७ जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार  ना ४ ख १२८२ नम्बरको उत्तः ट्रक सर्लाहीबाट हेटौंडातिर आउँदै गरेको  उक्त ट्रक चुरियामाई गाविसमा सडकबाट तल खसेर दुर्घटनाग्रष्त भएको हो । इट्टा बोकेको उक्त ट्रकमा धान काट्ने मजदुरहरु चढेको र दुर्घटनामा मृत्‍यु भएका उनीहरुको शव इट्टाले पुरीएको बताइएको छ।

उनीहरुको पुरिएको शव निकाल्‍ने काम भइरहेको छ।  यस दुर्घटनामा घाइते भएकाहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाबारे थप जानकारी आउन बाँकी  छ ।