फेरि रिलिज हुँदै ‘अन्दाज अपना अपना’

कात्तिक १७, काठमाडौँ  – हिन्दी फिल्म ‘अन्दाज अपना अपना’ फेरि रिलिज हुने भएको छ। १९९४ को नोवेम्बरमा रिलिज भएको फिल्म २० वर्ष पुगेको उपलक्ष्यमा फेरि सिनेमा हलमा रिलिज हुन लागेको हो। फिल्म यही महिनामा रिलिज हुँदैछ।
भारतीय अखबार डीएनएका अनुसार वितरण कम्पनी इरोजले फिल्मलाई फेरि वितरण गर्न लागेको हो। तर फिल्म कुन मितिमा रिलिज हुन लागेको भन्ने जानकारी बाहिरिएको छैन।
आमिर खान र सलमान खानको मुख्य भूमिका रहेको फिल्म बक्स अफिसमा धुम नमचाए पनि स्याटालाइट टेलिभिजनमा आउँदा दर्शकले औधी रुचाएका थिए।
फिल्म पुनः रिलिज गर्ने कुरालाई आमिरले असान्दिर्भक भनेका छन्। फिल्म ‘पिके’को कार्यक्रममा सोधिएको एक प्रश्नमा आमिरले ‘अन्दाज अपना अपना’ भन्दा आफ्ना लागि ‘पिके’ महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।
राजकुमार सन्तोषीको निर्देशनमा बनेको फिल्ममा आमिर र सलमानलाई रबिना टण्डन र करिस्मा कपुरले जोडी बनेर साथ दिएका थिए। हाँस्य शैलीको फिल्मको सन्तोषीले चाँडै सिक्वेल बनाउने तयारी गरिरहेको पनि जनाएका छन्। फिल्ममा शक्ति कपुरको पनि अभिनय छ।नागरिक दैनिकले खबर छापेको  छ । मुम्बई