कर्मको गति : निशा खनाल अर्याल

परेलीहरू बिछ्याई हेरे मुटुले तानेर
चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर
तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा
फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा

जिन्दगी होइन खेलौना कुनै खेलेर मिल्कायो
अतित बस्छ आँखामै आई डढाई वहायो
प्रतीज्ञा कुर्छ कुनामा बसी मुस्कान छरेर
उढेको मन बालेको दियो आत्माले सम्झेर ।