लक्ष्मी जस्ता कवि जगतमा दाँजने छन् कुनै कि? छन्द कविता निशा खनाल अर्याल

editor — Sun, 10/26/2014 – 18:47

नेपालै हो शिर धरतीको पूज्य यो देवभूमि,
झर्छन आत्मा अमर यसमा सम्झदै मातृभूमि,
जस्तै सीता,जनक,पृथिवी,बुद्ध जन्मै लिएका,
त्यस्तै माली स्रिजनपथका देवकोटा भएका ।।१।।

ती छन् आत्मा अजर प्रतिभा चेतनाले भरेका,
नेपालीका दिल दिल पसी ज्ञान सारा दिएका
साहित्यैको विविध ढुकुटी भर्दिने ज्ञानवेत्ता,
छन् यी महाकविजी कविकै गर्व हुन् शान यौटा ।।२।।