एमबिबिएस छात्रवृत्तिका विद्यार्थी अन्योलमा

कात्तिक १४,काठमाडौं-स्वास्थ्य मन्त्रालयले सिफारिस ढिलाइ गर्दा एमबिबिएस अध्ययनका निम्ति छात्रवृत्ति पाएका विद्यार्थी अन्योलमा परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । एमबिबिएस, बिडिएस र बिएस्सी नर्सिङ विषय पढ्ने तयारीमा रहेका करिब दुईसय विद्यार्थी अन्योलमा परेका हुन् ।
यी विद्यार्थीले शिक्षा मन्त्रालयले २०७० पुसमा प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । उनीहरुले साधारण र आरक्षित कोटामा अध्ययनको अवसर पाएका छन् । मन्त्रालयले अध्ययन गर्ने कलेज सिफारिस नगर्दा करिब दुई महिना पढाइ छुटिसकेको छ । विद्यार्थीले आफ्नो समस्यालाई लिएर नेपाल मेडिकल काउन्सिलल, शिक्षा र स्वास्थ्य मन्त्रालय धाइरहेका छन् ।